काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।

दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली शुक्रबार (आज) साँझ महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here