समाचार

यौन दूराचारको आरोपमा ‘धर्मगुरु’ पक्राउ

काठमाडौं।बाल यौन दुराचार अभियोगमा प्रहरीले बौद्धस्थित कदम्बा गुम्बाका सञ्चालक अष्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई पक्राउ गरेको छ।

अष्ट्रेलियाको मेलवर्न घर भई गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुखसमेत रहेका रिम्पोछेलाई महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार (आज) पक्राउ गरेको हो।

बौद्ध वृत्तका डीएसपी रमेश सिंहका अनुसार रिम्पोछे स्वयंले पढाउन ल्याएका १५ वर्षीय किशोरमाथि यौन दूराचार गरेको आरोप छ।

पीडित किशोरले प्रहरीलाई दिएको बयानमा आफूलाई १५–२० दिनदेखि गुम्बामै रिम्पोछेले मुख मैथुन गराउन लगाएको उल्लेख छ। पछिल्लो पटक रिम्पोछेले फागुन १८ गते किशोरमाथि यौन शोषण गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here