समाचार

मन्त्री अर्याल सवार विमान काठमाडौंमा आपत्कालीन अवतरण

काठमाडौं।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण भएको छ?

बिहीबार (आ) बिहान पौने ९ बजे काठमाडौंबाट पोखरा जानका लागि उडेको विमान प्राविधिक कारणले गन्तव्यमा पुनः काठमाडौं विमानस्थलमा आपत्कालीन अवतरण भएको हो।

विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो। विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here