काठमाडौं।भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्र्याउन थालिएको छ।
नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो।

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं ल्याइएको आशङ्कामा मासुका लागि तयार ७३० वटा कुखुरा नष्ट गरिएको छ।

सो कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले भेटेनरी चिकित्सकको परीक्षणको प्रमाण र स्थानीय सिफारिस नभएको भेटिएपछि ती कुखुरा नष्ट गरिएको जानकारी दिए।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here