काठमाडौं।बलात्कार प्रयासको आरोपमा नेकपा सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन्।

नेकपाका सुदूरपश्चिम प्रदेश सभाका सचेतक समेत रहेका रावल बुधबार (आज) जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएर प्रहरीको नियन्त्रणमा छन्।

प्रहरीले आज साँझ सेती प्रादेशिक अस्पतालमा सांसद रावलको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको बताइएको छ।

धनगढीकी एक महिलाले आफूमाथि गत ११ माघमा सांसद रावलले बलात्कार प्रयास गरेको दावी गर्दै १४ फागुनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै सांसद आफैँ उपस्थित भएका पनि कार्यालयले जनाएको कछ। रावल अछाम क्षेत्र नं. २ को ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here