काठमाडौं। डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रिय सभा सदस्यको कार्यकाल मंलगबार सकिएसँगै राजीनामा दिएका खतिवडाले बुधबार नै अर्थ तथा सञ्चार र सूचना प्रविधिमन्त्रीको रुपमा पुनः नियुक्त भएर पद तथा गोपनीयताको शपथ लिएका हुन्।

अब उनी सांसद नरहेकाले ६ महिनासम्म मन्त्री रहन सक्छन्। ६ महिनापछि मन्त्रीमा निरन्तरताका लागि उनी सांसद बन्नुपर्ने अनिवार्य हुने संवैधानिक व्यवस्था छ।

खतिवडालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेर शपथ खुवाएकी हुन्।

संघीय सांसद नरहेका खतिवडा संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्री बनेका हुन्।

उक्त धारामा प्रधानमन्त्रीले संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गर्न सक्‍ने व्यवस्था छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here