काठमाडौं। तत्कालीन संविधानसभाका सदस्य ७५ वर्षीय धर्म घिमिरेको सवारी साधनको ठक्करबाट भारतमा मृत्यु भएको छ।

पश्चिम बंगालको बागडोग्रा नजिकै गेस्टापो भन्ने स्थानमा उनको शव मंगलबार (आज) बिहान फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। आज बिहान ३ बजेतिर उनलाई नक्सलबारी–बागडोग्रा सडक खण्डको एसियन हाइवेमा सवारीले ठक्कर दिएको प्रहरीको अनुमान छ।

पारिवारिक स्रोतका अनुसार उनी तीन दिनदेखि मेचीनगर–१३ चारआलीस्थित डेराबाट बेपत्ता थिए। ज्वाइँ हंसलाल राजवंशीका अनुसार आठ वर्षदेखि घिमिरे मानसिक रोगबाट ग्रसित थिए। ‘उहाँ नियमित रूपमा डिप्रेसनको औषधि सेवन गरिरहनुभएको थियो,’ राजवंशीले भने।

गत शनिबार दाह्री काट्न भनी घरबाट निस्किएका उनी सम्पर्कविहीन बनेका थिए। उनका पत्नी, एक छोरा र दुई छोरी छन्।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here