काठमाडौं।भोलिदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्ने भएको छ।

त्यसको नजिता ३१ दिनमै आउने छ। अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ देखि खुल्न लागेको हो।

‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ।

आर्थिक वर्ष सन् २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र संसारभरबाट अनलाइन आदेवदन दिन सकिने छ।

त्यसका लागि १० अमेरिकी डलर खर्च लाग्नेछ। कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत् दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ।
विस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here