समाचार

बियर कम्पनीमा गोली चल्दा ७ को मृत्यु

काठमाडौं।अमेरिकाको विस्कान्सिन प्रान्तमा रहेको बियर बनाउने कम्पनीमा गोलीबारी हुँदा ७ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बुधबार मोलसन कुर्स कम्प्लेक्समा एक हतियारधारी व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए।

ती व्यक्तिलाई नियन्त्रणमा लिनुअघि नै केही व्यक्तिको मृत्यु भइसकेको जनाइएको छ। विस्कान्सिनका मेयर टम बेरेटले सो घटनाप्रति प्रतिक्रिया दिँदै त्यसलाई भयाबह भनेका छन्।

घटना भयावह थियो। केही व्यक्तिको मृत्यु भएको छ, उनले भनेका छन्, हमलावरको पनि मृत्यु भएको हुनसक्छ। हमलावर सोही कम्प्लेक्समा काम गर्ने भएको समाचारमा जनाइएको छ।

सो कम्पनीमा करिब ६ सयजना काम गर्ने गरेको बताइएको छ। एजेन्सी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here