समाचार

‘मर्नु परे नेपालमै मरौंला, देश छोड्दिनँ’

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन्।

आफूमाथि अनेकौं प्रहार हुँदासमेत देश नछाडेको स्मरण गराउँदै नेत्री काइरालाले आफूले कदापि देश छोड्न नसक्ने बताएकी हुन्।

“देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो।” तपाईँले देश छोड्दै हुनुहुन्छ रे? भनेर सोधिएको प्रश्नको जवाफमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले भनिन् ‘मेरा लागि सबैभन्दा प्रिय नै यो देश हो। मैले कसरी छोड्नु सक्छु?’

यस्तै उनले आफूले कठिन परिस्थितिमासमेत देश नछाडेको बताउँदै मर्नुपरे पनि आफ्दै देशमा मर्ने बताइन्।

“मर्नुपरे नेपालमै मरौंला। तर, देश छोड्दिन।” नेत्री कोइराले भनिन्, ‘मलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ। उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु।’

यस्तै उनले आफूले निरंकुसतासँग देशमै बसेर लडेको बताउँदै देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन्।

यसअघि विभिन्न पत्र(पत्रिकाको आजको अंकमा नेत्री कोइरालाले देश छाड्दै छिन् भन्ने भावका समाचारहरु छापिएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here