काठमाडौं। आज फागुन १४ गते। गोरखाका ११ वर्षीय दिलबहादुर रम्तेल जनयुद्धको पहिलो शहीद भएको दिन।

विसं २०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय तार्कुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन भयो। आशाकाजी उम्कन सफल भए तर वीरबहादुरलाई प्रहरीले गिरफ्तार गर्यो।

वीरबहादुरलाई लिएर तार्कुबाट पान्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पान्द्रुङ देउराली जराङतिर लाग्यो। जराङस्थित ब्रह्मचारिणी निम्न माध्यामिक विद्यालय नजिक पुग्दा विद्यार्थीले शिक्षक गिरफ्तारीको विरोध गरेको आतङ्कमा प्रहरीले एक्कासी विद्यार्थीमाथि गोली चलायो।

गोली लागी रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए। उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा ताप्ले गाविस छापथोकमा पुर्याउदा दिलबहादुर रम्तेलको सहादत भयो।

जनयुद्ध सुरू भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्ति भएकाले गोरखाका दिलहबादुर रम्तेल जनयुद्धका प्रथम शहीद बन्न पुगे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here