काठमाडौं।सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन्।

व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ। नेपाल बैङ्कर्स संघका अनुसार फागुन शुरु भएलगत्तै व्यवसायीहरुको बैङ्कबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ।

नेपालमा विवाहरव्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो। तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन्।

गत वर्ष प्रतितोला रु ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ। मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here