काठमाडौं।अमेरिकाले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको छ।

एमसीसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले यस्तो अडान राखेका हुन्।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरूसँग छलफल गरेको थियो।

अमेरिकीहरू एमसीसीको सहायक सम्झौता परिमार्जनमा भने सकारात्मक रहेको छलफलमा संलग्न एक अधिकारीले बताएका छन्।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दर्जन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here