काठमाडौं। काठमाडौंको कंलकीमा सोमबार साँझ मालवाहक ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

थानकोटबाट कलंकीतिर गइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा क्रमसः ९ सवारी साधनलाई ठक्क दिएको कालीमाटी प्रहरी वृत्तले जनाएको छ।

३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिँदा चितवन टाँडीका शमशेर गुरुङको ज्यान गएको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सर्लाही घर भएका ट्रक चालक वीरेन्द्र कुमार शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तस्वीरमा कंलकीमा भएको भयावह दुर्घटना। श्रोत : रोशन दानी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here