काठमाडौं।कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरु त्रासमा बसिरहेका छन्।

वुनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका रुप लिन थालेपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन्।

पछिल्लो तथ्याकंअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

कोरियामा रहेका नेपालीले आफूहरु सुरक्षित तवरले बसिरहेको राजधानीसँग बताए।

कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका छन्।

यो समाचार आजको राजधानी दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here