समाचार

गृहमन्त्रीले भने, ‘बाँस्कोटाविरुद्ध छानविन हुन्छ’

काठमाडौं।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानविन हुने बताएका छन्।

गृहमन्त्री थापाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानविन हुने बताएका हुन्।

“बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ।” वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको लागि हेटौंडा पुगेका थापाले पत्रकारहरुसँग भने, ‘यो विषयमा सरकारले आवश्यक छानविन गर्नेछ। उहाँविरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ।’

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here