काठमाडौं।एमसीसी सम्झौता परिमार्जनका लागि नेकपाको नेतृत्वतमा सहमति जुटेको छ।

शनिबार [आज] प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसी परिमार्जनका लागि सहमति जुटेको हो।

बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनमाथि ब्रिफिङ्ग गरेका थिए।

त्यसकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताए।

‘कार्यदलको तर्फबाट ब्रिफिङ्ग भएको थियो। कार्यदलका संयोजकले अध्ययनलाई आधार मानेर त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाउनुभयो।” उपाध्यक्ष गौतमले भने, ‘त्यो सुनेपछि सचिवालयका सबै सदस्य एमसीसी जस्ताको त्यस्तै पारित गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यौं।’

सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि २र३ दिनमा सचिवालयको अर्को बैठक बस्ने बताइएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here