काठमाडौं।प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको बताएका छन्।

शुक्रबार (हिजो) एक विज्ञप्ति जारी गर्दै विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको उल्लेख छ।

‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’

विप्लवले यो प्रकरणमा ओलीकै संलग्नता रहेको आशंका गरेका छन्। ठूलो आकारको जहाजकाण्डमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको उल्लेख गरिएको छ।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here