समाचार

नेपालको सडकमा एक खर्ब लगानी आवश्यक

काठमाडौं।सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ।

स्वीडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ९६ अर्ब ६९ करोड ९८७ करोड ९० लाख डलर० खर्चिनु पर्ने औँल्याएको हो।

असुरक्षित सडक र यसले निम्त्याउने गरेका गम्भीर दुर्घटनाको समाधान खोज्न यस्तो लगानी जरुरी देखिएको विश्व बैङ्कले जनाएको छ।

प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालका सडक व्यवस्थित तथा दिगो बनाउने एवं सडक सुरक्षा कार्यक्रममा पर्याप्त लगानी गर्न कञ्जुस्याइँ भइरहेको औंल्याइएको छ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here