काठमाडौं।यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ।

अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन्।

सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत् हेर्न मिल्ने गरी दुई वर्षअघि इम्बोस्ड नम्बर प्लेटको वितरण गरिएको थियो।

२०७४ भदौ ५ गतेबाट औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट वितरण भएको थियो तर सर्वोच्च अदालतले ०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो।

इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट सर्वोच्चले गत गत मंसिर २७ गते खारेज गरेपछि विभागलाई बाटो खुलेको खबर आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here