काठमाडौं।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगन थापाले कमिसन प्रकरणमा प्रधानमन्त्रीको संलग्नताका विषयमा प्रश्न उठाएका छन्।

बिहीबार (आज)को प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सांसद थापाले कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त हुने ठाउँ नभएको बताएका हुन्।

थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने बताए। “प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त हुँदैन।” उनले भने।

प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता काभ्रेमा दिएको प्रतिक्रियाका विषयमा पनि कांग्रेस नेता थापाले प्रश्न उठाएका छन्। “प्रधानमन्त्रीले अडियो एक महिना अगाडि नै सुन्नुभएको कुरा बाहिर आएको छ। काभ्रेमा प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो?

सांसद थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्ने कुराको अनुसन्धान आवश्यक रहेकामा जोड दिएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here