समाचार

चिनियाँ दुतावासको धम्की आपत्तिजनकः मिश्र

काठमाण्डौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रिकामा प्रकाशित समाचार र विचार प्रति विमति रहँदैमा दुतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन्।

मङ्गलबार ‘द काठमाण्डु पोष्ट’ मा प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोना भाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेख र तस्बिर प्रति आपत्ति जनाउँदै चिनियाँ दुतावासले विज्ञप्ति जारी गरेको थियो।

विज्ञप्तिमा दुतावासले काठमाण्डु पोष्टमा प्रकाशित लेख चीनको राजनीतिक प्रणाली माथिको क्रूर आक्रमण भएको उल्लेख गरेको छ।

दुतावासको विज्ञप्तिप्रति टिप्पणी गर्दै मिश्रले  बुधबार सामाजिक सञ्जालमा लेखेका छन्- ‘पत्रिकामा प्रकाशित समाचार र विचारप्रति विमति सर्वस्वीकार्य अभ्यास हो तर आफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिनु अत्यन्तै असामान्य, अकूटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो। यस्तो स्थिति आउनमा दूतावासको अगाडि लम्पसार पर्ने दशकौँको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मेवार छैन।’

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here