समाचार

भारतले राम्रो व्यवहार गरेन, तर मोदी मन पर्छ : ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकासँग राम्रो व्यवहार नगरेको टिप्पणी गरेका छन्।

भारत–अमेरिकाबीचको व्यापारिक सम्बन्धलाई लिएर टिप्पणी गर्दै ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। यद्यपी ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आफूलाई मन पर्ने बताएका छन्।

ट्रम्पको भारत भ्रमणका क्रममा भारत–अमेरिकाबीचको ट्रेड डिललाई लिएर आशंका व्यक्त गरिएको छ। ट्रम्पले यसमा आशंका जनाएको भारतीय मिडियाले लेखेका छन्।

ट्रम्पले भारतसँग महत्वपूर्ण ट्रेड डिल गर्न चाहेका छन्। तर, यो अमेरिकामा यसैवर्ष हुने राष्ट्रपतिको निर्वाचन अघि या पछि कहिले हुन्छ भन्ने निश्चित भइसकेको छैन।

यही फेब्रुअरी २४ तारिखदेखि राष्ट्रपति ट्रम्प भारत भ्रमणमा जाँदैछन्। भारतले पनि ट्रम्पको तयारीका लागि तीव्र तयारी गरिरहेको छ।

अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर यसपटक ट्रम्पसँग भारत भ्रमणमा नआउने समाचार सूत्रहरुले जनाएका छन्। यद्यपी अधिकारीहरुले यसबारेमा स्पष्ट जानकारी दिएका छैनन्।

एजेन्सी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here