काठमाडौं।गत आइतबार बिहान चीनको हुबेई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो।

उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ। नेपालमा रहेका अभिभावक चीनमा रहेका आफन्तलाई कोरोना भाइरस लाग्ला भन्ने चिन्तामा थिए।

तीन साताभन्दा लामो समयदेखि हुबेई प्रान्त लक्डडाउन भएकाले नेपालीहरु कोठाबाट बाहिर हिँडडुल गर्न तथा कतै आउजाउ गर्न पाएका थिएनन्।

उनीहरु मानसिक तनावमा थिए। नेपाल सरकारले हुबेईबाट विद्यार्थीलाई उद्धार गरेर फर्काएकोमा आफन्तहरु खुसी छन्। फर्केर आउनेहरु पनि फुरुंग परेका छन्।

त्यस्तो खुसी सबैमा छाउन भने सकेन। हुबेइएको ऊहान विमानस्थनलबाट ६ जना नपाली भने स्वदेश आउन पाएनन्। उनीहरु चीनमै रोकिनुको विस्तृत कारणबारे ऊहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेको र हाल उद्धारमा खरिपाटीमा आएर क्वारेन्टाइमा बसेका एकजना व्यक्तिले जनआस्थालाई बताएका छन्।

ऊहान विश्वविद्यालयमा चिकित्साशास्त्रमा पिएचडी गरिरहेका विगेशमान शाक्य ऊहान विमानस्थलमा आफ्नी श्रीमती र छोरीसहित रोकिए उनी ऊहान विश्वविद्यालयमा चीनमा चिकित्साशास्त्रमै पिएचडी गर्दै छन्।

उनकी श्रीमती पनि त्यहीँ एमडी गर्दै छिन्। उनीहरुकी २२ महिनाकी छोरी पनि थिइन्। बसोबास क्षेत्रबाट विमानस्थल जानु अगाडि पनि उनीहरुमा ज्वरो छ कि छैन भनेर चेकजाँच गरिएको थियो।

सबै समान्य नै थियो। तर, विमानस्थलमा गएर लगेज उठाइसकेपछि सुरक्षा जाँचमा जानुअगाडि ज्वरो जाँच गर्दा विगेशमानको तापक्रम ३७।६ डिग्री सेल्सियस देखायो। चीनले कोरोना भाइरसको संक्रमण बढेपछि ३७।१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनेहरुलाई विमानस्थलबाट अन्यत्र जान दिँदैन।

विगेशमानकी श्रीमती र २२ महिनाकी छोरी त चेकजाँचमा सफल भएर विमानतिर गइसकेका थिए। उनको एकपटक श्रीमती र छोरीलाई भेट्छु भनेपछि विमानस्थल प्रशासनले ‘ए छोरी र श्रीमती पनि छन्?’ भन्दै सुरक्षा जाँचबाट भित्र पसिसकेका श्रीमती र छोरीलाई पनि फर्काइदियो।

चिनियाँ प्रशासनले श्रीमती र छोरीलाई त्यसरी फर्काउनुको कारण चाहिँ कथंकदाचित विगेशमानमा कोरोना संक्रमण भएमा उनीसँगै रहेका श्रीमती र छोरीमा पनि हुन सक्ने शंका भएकाले हो।

यो समाचार आजको जनआस्था साप्ताहिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here