काठमाडौं।देशमा विदेशीको हस्तक्षेप कुन हदसम्म छ भन्ने हालेैकै सरकारको एक निर्णयबाट थाहा भएको छ।

पर्यटक भिसामा बसेर विभिन्न कम्पनीमा काम गर्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही थालेपछि उनीहरुले आफूहरुलको मन्त्रिपरिषद्बाट निर्णय नै गराउन सफल भएका छन्।

विभिन्न प्रोजेक्टहरुमा काम गर्न विदेशीलाई भिसा सहजीकरढा गर्ने भन्दै मन्त्रिपरिषद्बाट निःशुल्क भिसा दिने निर्णय गराउन उनीहरु सफल भएका हुन्।

सरकारी आयोजना, अन्र्तराष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीहरुमा कार्यरत विदेशीहरुलाई गृहले कारवाही गरेको थियो। कारबाहीलाई तीव्रता दिएपछि उनीहरुले आफूहरु नेपाल सरकारलाई नै सहयोग गर्न आएको र भिसामा सहजीकरण हुनुपर्ने भन्दै लबिङ गरेर आफ्नो पक्षमा निर्णय गराएका हुन्।

कारबाहीमा पर्नेहरुमा धेरै जसो अमेरिकाका नागरिक छन्। त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका पनि छन्। उनीहरुलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। जसमा युएसएडदेखि डिएफआइडीसम्मका संस्था छन्।

यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here