समाचार

महराको बहस सकियो, फैसला भोलि

काठमाडौं। प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाइ सकिएको छ।

आइतबार (आज) काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानून व्यवसायीले बहस गरेका थिए।

दुवै पक्षको बहसपछि फैसला भने भोलि मात्रै सुनाइने बताइएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको नि. सभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गत ३ पुषमा उच्च अदालतले पनि सदर गरेको थियो।

पुर्पक्षको लागि थुनामा राख्ने आदेशविरुद्ध महरा गत ५ मंसिरमा उच्च अदालत पुगेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here