समाचार

कोरोना आक्रमण : १६ सयको ज्यान गयो, ६९ हजार संक्रमित

काठमाडौं।चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ।

शनिबार (आज) सम्ममा यो भाइरसबाट १ हजार ६ सय ६९ को मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ। अहिलेसम्म चीनमा मात्रै यो भाइरसबाट एक हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ।

त्यसैगरी फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक(एक जनाको ज्यान गएको छ।

कोरोना संक्रमणबाट शनिबार फ्रान्समा पहिलोपटक एक जनाको मृत्यु भएको छ। फ्रान्स घुम्न गएका चिनियाँ पर्यटक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here