समाचार

‘राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर प्रधानमन्त्रीले महागल्ती गरे’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई बर्खास्त गर्न माग गरेका छन्।

जनयुद्ध दिवस अर्थात् १ फागुनको एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा सांसद किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई प्रेस सल्लाहकार बनाएर महागल्ती गरेको टिप्पणीसमेत गरे।

थापाले जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति दिएका थिए। शनिबार बिहान राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका हुन्।

“यो त अति भयो। त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने?’उनले भने।

यस्तै संसाद किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here