समाचार

प्रेम अस्वीकार : आफैँले आफैँलाई गोली

काठमाडौं।प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैँलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैँलाई गोली हानेका हुन्।

बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन्। उनको काठमाडौंमा उपचार भइरहेको छ। यो समाचार आजको राजधानी दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here