समाचार

प्रणयदिवस (प्रियहरुमा समर्पित)


केही मिठा, केही तितै गफ गरुँला बरु
दिनहुँ झगडा नै गरुम्ला,
केही दिन रिसाएर नबोली बसौला बरु
मेरी प्रिय
मलाई छोडेर पिआरवालासँग
बिहे गर्छु नभन ल

तिमी रिसाएर ठुस्किएर बस बरु
फकाउदै फिलिम हेर्न लैजाउँला
मेरो बा आमासँग बस्दिनँ भन्छौ भने
कोठा भाडामा नै लिएर राखौँला बरु
मेरी प्रिय
मलाई घुक्र्याएर डिभिवालासँग
जान्छु नभन ल!

विदेशी नै ताक्छौ भने
म नै विदेश जाने पासपोर्ट बनाउँछु बरु
यो प्रणय दिवसलाई खल्लो नबनाउँ
तिम्रा लागि मर्न तयार हुन्छु बरु
मेरी प्रिय
समाज र दुनियाँ हसाउँदै
मेरो प्रस्ताव अस्वीकार नगर ल!

दुखका पगरी मै बोकुला बरु
अप्ठेरो र सङ्घर्षमा मै बाँचुला
तिमी हिड्ने बाटोमा रातो कार्पेट बिच्छ्याउँला बरु
मेरी प्रिय
मलाई घुक्र्याएर पिआरवालासँग
बिहे गर्छु नभन ल!

हेर त प्रणय दिवसमा फोटा पोष्ट गरे अरु
चखेवा जस्तो हाम्रो जोडी आजै दुनियाँलाई देखाउ
केही कमी हुन दिन्न बाचा कसम गराउ बरु
मेरी प्रिय
मलाई छाडी पिआरवालासँग जान्छु नभन ल!

हर बिहान मुस्कुराई देउ बिर्सिदिन्छु दुखहरू
तिमी काखमा हुँदा चाहिदैन केही अरु
३६५ दिनै मनाउँला प्रणयदिवस
मेरी प्रिय
मलाई घुक्र्याएर विदेशीसँग
पोइला जान्छु नभन ल!

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here