काठमाडौं। विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाकाे मेयर पदका उम्मेद्वार समिक्षा बास्काेटाले काठमाडौंकाे ‘साैच’ मात्रै हाेइन, साेचपनि बदल्नुपर्ने बेला भएकाे बताएकी छन्। काठमाडौंकाे वडा नं १४ मा आयाेजित चुनावी कार्यक्रममा बाेल्दै बास्काेटाले राजधानीकाे गाैरव पुनर्स्थापना गर्न आफूले उम्मेदवारी दिएकाे बताइन।

काठमाडौं  महानगरकाे स्थापना भएयता एकपटक नेपाली काँग्रेस र दुइपटक नेकपा एमालेले नेतृत्व गरेकाे भन्दै बास्काेटाले ३० वर्ष काँग्रेस एमालेले दुर्गन्धित पारेकाे राजधानी र राजनीतिकाे फाेहाेर सफा गर्न अब ढिला गर्न नहुने धारणा राखिन।

बास्काेटाले महानगरकाे मात्र नभई राजनीतिकै विकल्प खाेज्दै सुरक्षित महिलामैत्री राजधानी सहर निर्माण गर्ने आफ्नाे संकल्प पूरा गर्न तराजुमा मतदान गर्न आग्रह गरिन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।