सुर्खेत । गुर्भाकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका नेता नर बहादुर सुनारले आफ्नो आकांक्षा देखाएका छन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनारले मेयर पदमा आफ्नो आकांक्षा देखाएका हुन्।

तत्कालिन मेहेलकुना ४ मा २०३६ मा जन्मिएका सुनारले २०४८ देखि नेविसंघबाट आफ्नो राजनैतिक यात्रा गरेका थिए। सुनचाँदी व्यवसयी समेत रहेका सुनारले २०६४ मा नेपाल तरुण दलको साविकको सहारे गाबिस सचिवको पनि जिम्मेवारी समेत निर्वाह गरेका थिए।

२०६४ सम्पन्न संविधान सभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेद्वार ऋषी प्रसाद शर्माको हत्या भएपछि भएको प्रदर्शन र उत्तेजित भिडले सुनार माथि भौतिक आक्रमण गरेको थियो। उत्तेजित भीडको प्रदर्शनका क्रममा सुनारको पसल समेत तोडफोड र आगजनी भएको थियो। । नेपाली काँग्रेसको राजनीतिमा संलग्न भएकै कारण आक्रमणमा परेका सुनारले हिम्मत नहारी पुनः २०६५ बाट व्यावसाय र राजनीतिलाई निरन्तरता दिएका थिए।

२०६७ मा नेपाल दलित संघको क्षेत्रीय अध्यक्ष भइ सुर्खेत क्षेत्र नं १ का साविकका १७ वटा वडामा नेपाल दलित संघको संगठन विस्तार गर्दै संगठन मार्फत आर्थिक, सामाजिक, शैक्षिक र राजनैतिकरुपमा पिछडिएका दलित समुदायका हकअधिकारलागि सामाजिक भेदभाव विभेद र पछौटेपनकालागि सदैव आवाज उठाउँदै आएको सुनारले बताए।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट अत्यधिक बहुमतले ४ बर्षकालागि जिल्ला सदस्य पदमा निर्वाचित भएका सुनार आफूले यूवापिढीको नेतृत्व गर्दै गुर्भाकोट नगरपालिकाको स्तरउन्नती र विकास गर्नकालागि नगरप्रमुखमा आफ्नो पनि दावेदारी प्रस्तुत गरेको जानकारी दिए।

नगरप्रमुख पदमा दाबी गरेका सुनार नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्ण बहादुर खड्का निकट मानिन्छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।