सुर्खेत। आसन्न स्थानीय तह निर्वाचनका लागि गुर्भाकोट नगरपालिकाको मेयरका आकांक्षी किरण वलीले ७९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. १ प्रदेश क का उपसभापति समेत रहेका वलीले पछिल्लो समय मेयर पदका लागि दाबी गरिरहेका छन्।

न्यायप्रेमी मेरा आदरणीय गुर्भाकोटबासीहरुलाई
नमस्कार,जय नेपाल।

मेरो हालसम्मको जिवनको २१ बर्षके सरकारी सेवाको अनुभव, २० बर्ष पार्टी शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघको जिल्ला, क्षेत्र र केन्द्रको नेतृत्व गरेको अनुभव,१० बर्शे प्रत्यक्ष र २२ बर्शे अप्रत्यक्ष पार्टी राजनीतिको अनुभवलाई पुर्ण सक्रिय पार्टी राजनीतिमा लगाउने प्रण सहित पहिले पार्टी संगठनमा लाग्ने र निर्वाचनमा टिकटको लागि सरकारी नोकरी छाड्ने बिधमान प्रवृत्ति लाई बदलेर पार्टीको महाधिवेशन अगाडि सरकारी सेवाबाट अबकास लिएर पार्टीको १४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेसको सुर्खेत क्षेत्र नं।१ क उपसभापतिको जिम्मेवारी लिदै गरेको अबस्थामा मुलुकमा हुदैगरेको २०७९ बैशाख ३० गतेको स्थानिय निर्वाचनमा पार्टीको तर्फबाट गुर्भाकोट नगरपालिकाको प्रमुख पदमा आफनो उम्मेदवारी प्रस्तुत गरेको अबस्थामा पार्टीले सर्वसम्मत वा पार्टी बिधान अनुसार आबस्यक प्रक्रिया पुर्यायर मलाई टिकट प्राप्त भएमा अन्य आकांक्षी हरु र सिङ्गो पार्टीबाट मलाई सहयोग हुनेछ र अन्य आकाक्षी हरुमध्य जसले पाए पनि म पाउनेको पछि लागेर पार्टीले प्रस्तुत गरेको उम्मेदवार लाई सहयोग गर्ने प्रतिबद्धताका साथ मेरा चुनावी संकल्पहरु पेश गरेको छु।

१.हालको सरकारले निर्माण गरेका सडकहरुको स्तरोन्नति गरि बाह्रै महिना मोटर चल्ने बनाउने।
२.उर्वर जमिन र डाडाबस्ति तथा जङ्गलहरु बचाउन अत्यावश्यक बाहेक जथाभावी सडकको ट्र्याक खोल्ने काम रोक्ने।
३.दुई बर्ष भित्र नगरबासी हरुलाई शुद्द पिउने पानीको ब्यबस्थापन मिलाउने।
४.३ बर्ष भित्र खेतियोग्य जमिनमा सिंचाईको ब्यबस्थापन मिलाउने।

५.सम्पुर्ण किसानहरुको भकारो सुधारको काम दुई बर्ष भित्र गरिसक्ने।
६.चार बर्षभित्र १५ हजार बेरोजगार र गरिबिको रेखामुनिका बेरोजगार युवायुवतिहरुलाई स्वरोजगार बनाउन सामुहिक उद्दोग,सामुहिक तरकारी खेती,सामुहिक पशुपालन लगायत र शैक्षिक बेरोजगार हरुलाई लोकसेवा मार्फत सरकारका विभिन्न क्षेत्र हरुमा भित्र्याउन तयारी कलास संचालन गर्न नगरपालिका र सहकारी मार्फत तीन वटै तहका सरकारमा पहल गरि बेरोजगार समस्यालाई कम गर्न पर्यत्न गर्ने।
७.नगरपालिकाले नियुक्त गरेका सम्पुर्ण करार र ज्यालादारी कर्मचारीहरु लाई १ बर्ष भित्र सरकारी प्रकृया पुर्याएर नेपाल सरकारको नियमानुसार सुबिधा पाउनेगरी अस्थाई नियुक्ति दिने र २ बर्श भित्र स्थानीय सेवा आयोग स्थापना गरि स्थाई प्रक्रियामा लिएर रोजगारको ग्यारेन्टी गर्ने।
८.एउटा कम्पनी सम्मको नगर प्रहरी स्थापना गर्ने।
९.दुईवटा एम्बुलेन्स खरिद गरि गरिब,अपाङ्ग,गर्भवती,असाहय र बृद्द हरुलाई ५०५ छुट हुनेगरी र धारापानीमा एक र एउटा पालिका मार्फत संचालन गर्ने ब्यबस्थापन मिलाउने।
१०.सम्पुर्ण स्वास्थ्य चौकिहरुमा प्रयोगशाला,एक्स रे र अल्ट्रासाउन्डको ब्यबस्थापन मिलाउने।
११.स्वास्थ्य चौकिहरु बाट मधुमेह, उच्च रक्तचाप र न्युमोनियाको औषधि निशुल्क उपलब्ध गर्ने ब्यबस्थापन मिलाउने।
१२.साबिक गाबिसका ७ वटा माबी हरुमा नर्सिङ कर्मचारी को ब्यबस्थापन मिलाउने।
१३.स्थानीय सेवा कर,बाहल कर लगायत अन्य कर बाट संकलन हुने राजस्व बाट ५ बर्ष मा ५ वटा योजना बनाएर कार्यान्वयन गर्ने।
१४.साबिक गाबिस र हालका १४ वडाहरुको पहिचान झल्कने गरि १र१ वटा योजना छनौट गरेर कार्यान्वयन गर्ने।
१५.पालिका भित्रका किसान हरुका भैंसी र गाई हरु ब्याएपछी चारा स्वरुप प्रती किसान १००० अनुदान दिने ब्यबस्थापन गर्ने।
१६.बोटेचौरको अलपत्र पारिएको बस पार्क निर्माणका लागि समन्वयकारी भुमिका गर्ने र अटो भिलेज निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने।
१७.सहारे,गुमि र मेहेलकुनामामा सुबिधासम्पन्न कबर्ड हल निर्माण गर्न पहल गर्ने।
१८.१४ वडाका ५र५ वटा गाउहरु छनौट गरि स्थानिय उत्पादन तयार गर्न आबस्यक योजना बनाउने र पालिकाले उत्पादित बस्तुहरुको मूल्य निर्धारण गरि बिक्री गर्ने ब्यबस्थापन मिलाउने।
१९.बोटेचौर मा निर्माण भैरहेको चिस्यान केन्द्रलाई नगरपालिकाको पहलमा कृषि उत्पादन भडारण गर्ने ब्यबस्थापन मिलाउने।
२०.मेहेलकुनामा रहेको सिटि हललाई बहुउद्देश्यीय भवनको रुपमा संचालन गरि आम्दानी र रोजगारको सृजना गर्ने।
२१.बृद्दहरुलाई मेहेलकुना अस्पतालमा निशुल्क उपचारको ब्यबस्थापन मिलाउने।
२२.गर्भवतिहरुलाई एकमुस्ट पोषण भत्ता स्वरुप १ हजार उपलब्ध बनाउने।
२३.विभिन्न सम्भाबित पर्यटकिय स्थानहरु फलाटे प्रजातान्त्रिक स्तम्भ, झालेपहर, मालारानी गुफा, धारापानी गुफा, खटाङ्ग क्षेत्र, दुरबिन डाडा, कुकुर जोते लगायतका स्थानहरुको निर्माण र मर्मत गरि पर्यटक भित्र्याउन योजना बनाउने।
२४.दहचौरमा रहेको नगरपालिका भवनलाई कर्मचारी आबासको रुपमा प्रयोग गर्ने र जग्गा ब्यबस्थापन गरेर आधुनिक प्रशासनिक भवन निर्माण गर्ने।
२५.फोन टावरले काम नगर्ने स्थानहरुमा टावर राख्न सम्बन्धित निकाएमा पहल गर्ने ।
२६.सार्वजनिक स्थानहरुमा ाचभभ धषष् को ब्यबस्था मिलाउने।
२७.बोटेचौर बजार लाई ब्यापारिक केन्द्र र मेहेलकुना बजारलाई प्रशासनिक केन्द्रको रुपमा बिकास गर्न आबस्यक योजना बनाउने।
२८.नगरपालिका लाई सम्बृद्द बनाउनका लागि थप बजेट ल्याउन विभिन्न मुलुकका कम्तिमा पनि २ वटा नगरपालिका हरु सङ्ग भगिनी सम्झौता गर्ने।
२९.नगरपालिकामा काम गर्ने गैर्ह सरकारी संस्थाहरु लाई नगरपालिका को योजना अनुसार काम गर्न योजना बनाउने।
३०.लागू औषध र अन्य दुर्व्यसनी हरुलाई सुधार गर्न प्रहरी सङ्गको सहकार्यमा विभिन्न चेतना मुलक कार्यक्रमहरु संचालन गर्दै नगरपालिकाले कम्तिमा १ वटा सुधार केन्द्र स्थापना गरि संचालनमा ल्याउने।
३१.युवाहरुलाई स्वस्थ र सुगठित गराउन कम्तिमा २ वटा जिम केन्द्र स्थापना गरि निशुल्क संचालनमा ल्याउने।
३२.सरकारी बिध्यालयको पढाइ गुणस्तरीय बनाउन शिक्षकलाई कार्यसम्पादन संझौता गराउने।
३३.नगरपालिका र वडा कार्यालयको काम योजना अनुसार पूरा गर्न कर्मचारी हरुलाई कार्यसम्पादन सम्झौता गराउने।
३४.नगर बस खरिद गरि अपाङ्ग, बिध्यार्थी, बिपन्न र बृद्द्बृदा हरुलाई भाडामा ५०५ छुट दिने ब्यबस्थापन गर्ने।
३५.तरकारी,फलफुल र कृषीजन्य उत्पादनहरुको मूल्य साप्ताहिक रुपमा तोकेर कार्यान्वयन गर्ने ब्यबस्था मिलाउने।
३६.नगरपालिकाका नाकाहरुमा सामाजिक संदेश सहितका नाराहरु राखेर स्वागत गेटहरु निर्माण गर्ने।
३७.५० लाखको बिपन्न बिरामी उपचार कोष स्थापना गरि आर्थिक सहयोग गर्ने ब्यबस्थापन मिलाउने।
३८.५० लाखको बिपद कोष स्थापना गरि राहत दिने ब्यबस्थापन मिलाउने।
३९.८ वटा रोग बाट अकालमा मृत्यु बरण गरेका र प्राकृतिक प्रकोप बाट अकालमा मृत्यु भएका गुर्भाकोट बासिहरुलाई २५ हजार सहयोग गर्ने।
४०.साबिकका ७ वटा गाबिस हरुको संस्कृति झल्कने गरि ७ वटा नमुना गाउँ घोषणा गरि विभिन्न कार्यक्रम हरु संचालन गर्ने।
४१.हालको सरसफाइ केन्द्र लाई बृहत् रुपमा बिकास गरि फोहर बाट मोहर कार्यक्रम लागू गर्ने।
४२.नगरपालिका भित्रका सहकारी र बैंक हरुलाई सामाजिक दायित्व९अयचउयचबतभ कयअष्ब िचभकउयलकभ० अन्तर्गतको दायित्वको पूरा गराउन पालिका र बैंक सङ्ग साझेदारीमा जनताहरुको आर्थिक हैसियत मा वृद्धि गर्न विभिन्न कार्यक्रम संचालन गर्ने।
४३.महिला स्वास्थ्य स्वयं सेविका हरुको घरलाई सरसफाइ र प्राथमिक उपचार केन्द्रको रुपमा बिकास गर्ने र आफ्नो सेवा क्षेत्रका बासिन्दाहरुलाई मौसम अनुसार लाग्ने रोगहरुको स्वास्थ्य शिक्षा महिनामा १ पटक दिने ब्यबस्था गरि मासिक ५०० खाजा खर्च स्वरुप उपलब्ध गराउने ब्यबस्थापन मिलाउने।
४४.बिध्यालयका प्रत्यक तहमा कम्तिमा पनि १र१ जना स्वयंसेवक शिक्षक को ब्यबस्थापन गरि न्युनतम शैक्षिक रोजगारको अबशर मिलाउने।
४५.नगरपालिका र अतभखत को साझेदारी मा मध्यम स्थरका स्वास्थ्य,कृषी,पशु र क्ष्त् सम्बन्दी बिषयका जनशक्ति तयार गराउन सशुल्क र छात्रवृत्ति दिनेगरि कलेज स्थापना गर्ने।
४६.राजनैतिक दलहरुले आफ्ना युवाहरुलाई राजनीतिक गतिविधिहरुमा मात्र सहभागी बनाउछन भन्ने आरोपलाई चिर्दै दैबी प्रकोप उद्दारका लागि सरकार वा सम्बन्धित निकायलाई सहयोग नगर युवा संजाल गठन गरि आपतकालीन उद्दार टिम तयार गरि तालीम दिने ब्यबस्था मिलाई तम्तयार राख्ने र उद्दार गर्ने अबस्थामा खटाउने र महामारी र दुर्घटना बाट अकालमा जनताहरु लाई मर्न नदिन प्रत्यक स्वास्थ्य चौकिहरुमा २४ घन्टे सेवा सुरु गर्ने।
४७.जेस्ठ नागरिकहरुको सीप र अनुभव लाई प्रयोगमा ल्याउन साबिकका गाबिस हरुमा जेस्ठ नागरिक मिलन केन्द्र स्थापना गरि जेस्ठ नागरिक हरुले जानेको शिपहरु बाट विभिन्न सामग्री हरु निर्माण गर्ने ब्यबस्थापन मिलाएर नगरपालिकाले खरिद गर्ने ब्यबस्था मिलाउने।
४८.वैदेशिक रोजगार बाट फर्केका नागरिक हरुको सीप र अनुभव लाई उत्पादन वृद्धि मा लगाउन उनिहरुले गर्न चाहेको कामका लागि अनुदान उपलब्ध गराएर विभिन्न उत्पादन गर्न प्रोत्साहन गर्ने।
४९.बस्ने घर नभएका नागरिकहरुको पहिचान गरि नगरपालिकाले २ कोठे घर बनाउन अनुदान दिने।
५०.मेहेलकुना,बोटेचौर र अन्य बजारहरुमा पार्क निर्माण गर्ने।
५१.सार्वजनिक स्थानहरु र बाजारहरुमा टावर बत्तिको जडान गर्ने र बजार क्षेत्रमा व्यावसायिक सुरक्षाका लागि आबस्यकता अनुसार सीसी क्यामराहरू जडान गर्ने।
५२.शहिद मोहबिर खत्री स्मृति प्रतिस्ठान गठन विभिन्न सामाजिक गतिबिधरु संचालन गर्ने।
५३.वैदेशिक रोजगारिम गएका गुर्भाकोट बासी हरुलाई शेयर दिनेगरी एउटा रोजगारमुखी र उत्पादनमुलक उद्दोग स्थापन गर्ने।
५४.बोटेचौर मसानघाट भेरी नदिमा,सहारे थग्लेनी गोछेखोलामा र अन्याखोलाहरुमा पक्की पुल निर्माण का लागि आबश्यक पहल गर्ने।
५५.नगरपालिका भित्रका कृस्चियन धर्मावलम्बीका चर्च हरुलाई पालिकामा दर्ता गरि चर्च मर्मत र निर्माणका लागि अनुदान दिने ब्य्बस्था मिलाउने।
५६.नगरपालिकाको लगानिमा पालिका स्तरिय डेरि स्थापना गरि पालिका र छिमेकी पालिकाहरुमा आबश्य पर्ने दुग्ध र दुग्धजन्य पदार्थ हरु उत्पादन गरि बिक्रि गर्ने ब्यबस्था मिलाउने।
५७.साबिकमा गाबिस हरुका कम्तिमा १र१ वटा बिध्यालय लाई नमुना बिध्यालय घोषणा गरि गुणस्तरीय शिक्षा दिने ब्यबस्था मिलाउने।
५८.वैदेशिक रोजगारिमा जाने युवाहरुलाई लक्षित गरि अंग्रेजी,उर्दु,जापानी,कोरियन लगायतका भाषाको कक्षा निशुल्क संचालन गर्ने।
५९.महिला बालबालिका र बृद्द्बृदामाथी हुने हिंसा अन्त्य गर्न पालिका न्यायिक समिती मार्फत विभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने र असहाय,महिला,बालिका हरुको मुद्दा निशुल्क गर्ने गरि पालिकाले अनुदान दिने ब्यबस्था मिलाउने।
६०.बोटेचौर सेवाकेन्द्रको जग्गामा आयुर्वेदिक अस्पताल स्थापना गर्ने।
६१.मालारानि र दहचौर लाई तरकारी पकेट क्षेत्रको रुपमा बिकास गर्न आबश्यक योजना तयार गरि लागू गर्ने।
६२.धारापानीलाई टिमुर जोनको रुपमा बिकास गर्ने।
६३.सहारे लाई अदुवा र बेशार जोनको रुपमा बिकास गर्ने।
६४.मेहेलकुना,गुमि र घुमखहरेलाई आँप उत्पादन जोनको रुपमा बिकास गर्ने।
६५.गरिब,अपाङ्ग र अनाथ बालबालिका हरुको माबी सम्मको पढाइ खर्च पालिकाले ब्यहोर्ने ब्यबस्थापन मिलाउने।
६६.पालिका भित्र संचालित अटो रिक्सा हरुलाई पालिकाको कानुन भित्र ल्याई कर संकलन गरि आबस्यक पर्नेलाईअनुदान समेत दिएर ब्यबस्थित रुपमा संचालन गर्ने ब्यबस्थापन गर्ने।
६७.पालिका भित्र आबस्यक पर्ने तरकारी,मासु र दूध उत्पादनका लागि किसानहरुलाई पालिका बाट तालिम र अनुदानको ब्यबस्थापन मिलाउने।
६८.स्वरोजगार मुलक पेशाहरु आरन,घट्ट,जुत्ता सिलाई,सिलाईकटाई,चोया र बासबाट निर्माण गरिने डोको,मान्द्रो,सुपो,मोकारो,भकारी लगायत का सामग्री हरु उत्पादन गर्न पालिका बाट तालिम र अनुदानको ब्यबस्थापन मिलाउने।
६९.फर्निचर निर्माण,प्लम्बिङ्ग,टाईल बिछ्याउने,मोबाईल मर्मत र अन्य ईलेक्ट्रीक सामगृहरु मर्मत सम्बन्धी तालिम र अनुदान दिने ब्यबस्थापन मिलाउने।
७०।उद्योगबाणिज्य संघ,सहकारी र पालिकाको सहकार्यमा अदुवा,बेसार र टिमुर लगायतका जडिबुटी प्रसोधनको लागि जडिबुटी प्रशोधनको लागि प्रशोधन केन्द्रको भौतिक पूर्वाधार र मेसिन जडानको काम सम्पन्न गरि तत्काल यसको सञ्चालनका लागि पहल गर्ने।
७१.सडक नपुगेका सम्पुर्ण बिध्यालय हरुमा सडक पुर्याउने।
७२.बोटेचौरमा नगर अस्पताल स्थापना गर्ने।
७३.गरिब,अपाङ्ग,बृद्द र महिला स्वास्थ्य स्वयम् सेबिका हरुको स्वास्थ्य बिमामा अनुदान दिने।
७४.प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार मा काम गर्ने मजदुर हरुको सामुहिक दुर्घटना बिमा गरिदिने।
७५.बोटेचौर सेवाकेन्द्रको जग्गामा ईलाका प्रशासन केन्द्र र ईलाका प्रहरी कार्यालय स्थापना गर्ने।
७६.बोटेचौर सेवाकेन्द्रमा तरकारी तथा फलफुल संकलन केन्द्र स्थापना गरि संचालनमा ल्याउने । र कृषि र पशु बजारीकरणको लागि विभिन्न स्थानहरुमा व्यवस्थित हाट बजारको संचालन गर्ने ब्यबस्थापन मिलाउने।
७७.किसानहरु र कृषि समुहलाई चारा मेसिन र मिनि ट्रेलर अनुदानमा उपलब्ध गराउने।
७८.प्रत्येक माबी हरुमा शिपमुकल पाठ्यक्रम तयार गरि तालिम दिने ब्यबस्थापन मिलाउने।
७९.नगर प्रमुखले पाउने मासिक पारिश्रमिक नलिने वा सो रकम बिरामी उपचार कोषमा जम्मा गर्ने ब्यबस्थापन मिलाउने।

जय नेपाल
किरण ओली
आकाक्षी उम्मेदवार
नगर प्रमुख
गुर्भाकोट नगरपालिका
उपसभापति
नेपाली काङ्ग्रेस सुर्खेत १ क
उपाध्यक्ष
नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय समिति

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।