काठमाडौं। विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि घरदैलो अभियान सुरु गरेको छ। महानगर अन्तर्गतको वडा नंबर ११ बाट विवेकशील साझाले शुक्रवारबाट घरदैलो अभियान सुरु गरेको हो।

आजको घरदैलो अभियानमा पार्टीका तर्फबाट काठमाडौं महानगरका लागि मेयर पदका उम्मेदवार समिक्षा बास्कोटा, उपमेयर पदका उम्मेदवार कीर्ति तुलाधर, महानगरको वडा नंबर ११ को वडाध्यक्ष पदका उम्मेदवार विपना शर्मा, विवेकशील साझा पार्टीको तर्फबाट बागमती प्रदेशका सांसद शोभा शाक्य लगायतको सहभागिता रहेको काठमाडौं महानगरमा विवेकशील साझाको कमाण्ड सम्हालेकी अनुपा श्रेष्ठले बताइन।

पहिलो दिनको घरदैलो अभियान उत्साहप्रद भएको र यस्ले काठमाडौँवासीले परिवर्तनको चाहाना गरेको अनुभूति गरेको श्रेष्ठको भनाई छ।

देशको राजधानी इमानदार, सक्षम र परिपक्व महिलालाई जिम्मा लगाऔं, राजधानीको गौरव पुनर्स्थापित गरौँ भन्ने मूल नाराका साथ विवेकशील साझा काठमाडौं महानगरको चुनावी अभियानमा होमिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।