काठमाण्डौं। आसन्न स्थानीय तह निर्वाचनका लागि विवेकशील साझा पार्टीले काठमाण्डौं महानगरको मेयर र उपमेयर पदमा दुईजना महिला नेतृलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमपादन समितिको सोमवार बसेको बैठकले समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई महानगरको मेयर र उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।

देशको राजधानी इमानदार सक्षम र परिपक्व दुई महिलालाई जिम्मा लगाउँ, राजधानीको गौरव पुनस्र्थापित गरौं भन्ने मुल नाराका साथ महानगरको निर्वाचनमा होमिने निर्णयपनि विवेकशील साझाले गरेको छ।

बैठकपछि पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उल्लेख गरिएको छ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने विश्वास व्यक्त गरेका छन।

मेयर पदकी उम्मेदवार समिक्षा बास्कोटा को हुन?
समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन।

उपमेयर पदकी उम्मेदवार कीर्ति तुलाधर को हुन?
कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा छिन।

विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्तिः काठमाण्डौ महानगर दुई “इमानदार, सक्षम, परिपक्व” महिलालाई जिम्मा लगाउन आह्वान

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमशस् समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ।

“देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनस्र्थापित गरौँ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो।

समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा छिन।

दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन। घोषणापत्र मूलतः ७ वटा बुँदाहरूमा केन्द्रीत हुनेछः १. भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह २. सुलभ, व्यवस्थित, विद्युतीय यातायात ३. नेवाः कला संस्कृतिको सम्वद्र्धन र पुनर्जागरण ४. खुला क्षेत्रको संरक्षण र विस्तार ५. नदी नालाको सफाई र पुनस्र्थापना ६. सफा र व्यवस्थित काठमाडौँ, र, ७. गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।

“विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन।

बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन।

विवेकशील साझा पार्टी सम्पूर्ण महानगरवासीलाई यस पटक एक मौका हामीलाई दिन विनम्र आग्रह गर्दछ। साथै, देश विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई पनि हामी, सकेको नैतिक, भौतिक र आर्थिक सहयोग गर्न अपिल गर्दछौँ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मितिः २८ चैत २०७८

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।