सुर्खेत। सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु प्नि निर्वाचनमा होमिएका छन्।कतै गठबन्धन, कतै तालमेलका चर्चा छन् भने दलहरुके नेतृत्व घोषणा पत्र निर्माणमा जुटेको देख्न सकिन्छ। आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर हामीले सुर्खेतको गुर्भाकोट नगरपालिकामा कुन दलको अवस्था कस्तो छ? भनेर खोतल्ने प्रयास गरेका छौं।

गुर्भाकोट नगरपालिकामा संगठनात्मक रुपमा नेपाली काँग्रेस र नेकपा एमाले ठुला दलको रुपमा रहेका छन्।यद्यपि अस्तित्वको कुरा गर्ने हो भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी र जनता समाजवादी पार्टी समेत रहेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गुर्भाकोटमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल सहभागी थिए। २०७४ सालको निर्वाचन परिणामकै शक्ति सन्तुलनका आधारमा भन्ने हो भने गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस सबैभन्दा बलियो र ठुलो दल हो।

२०७४ सालको निर्वाचनको मत परिणाम अनुसार नगर प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार हस्त पुनले १० हजार ६३ मत ल्याएर निर्वाचित भएका थिए। पुनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार देब बहादुर खत्रीले ७ हजार १ सय २३ मत प्राप्त गरे।

यस्तो छ नगरप्रमुख पदका प्रत्यासीहरुले २०७४ को निर्वाचनमा प्राप्त गरेको मत परिणामः

नाम     दल          प्राप्त मत      कैफियत
हस्त पुन नेपाली काँग्रेस १००६३  निर्वाचित
देब बहादुर खत्री नेकपा एमाले  ७१२३
हिरा बहादुर थापा माओवादी केन्द्र  १५९१
लक्ष्मी प्रसाद शर्मा राप्रपा  १२७
टेक बहादुर घर्ति राष्ट्रिय जनमोर्चा ३८
टेक बहादुर थापा स्वतन्त्र

यो मतपरिणामको विश्लेषण गर्ने हो भने नेपाली काँग्रेस गुर्भाकोट नगरपालिकामा सबैभन्दा ठुलो दल र बलियो पार्टीका रुपमा देखिन्छ। नगर प्रमुख पदमा आफ्ना निकटतम् प्रतिद्वन्दी तथा एमाले उम्मेदवार देव बहादुर खत्रीको मतभन्दा २ हजार ९ सया ४० मत बढी काँग्रेस उम्मेदवार हस्त पुनले प्राप्त गरेर विजयी भएका थिए। अझ रोचक त के छ भने नगर प्रमुख पदमा उम्मेदवारी दिएका एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत जोड्दा पनि काँग्रेस उम्मेदवार पुनको १ हजार १ सय ७८ मत धेरै छ।

नगर उपप्रमुख पदका प्रत्यासीहरुले २०७४ को निर्वाचनमा प्राप्त गरेको मत परिणामः

नाम  दल      प्राप्त मत    कैफियत
मैना वि.क. नेपाली काँग्रेस ९९७४ निर्वाचित
शुसिला विश्वकर्मा नेकपा एमाले ७२६६
नन्दकली कामी माओवादी केन्द्र १६००
भक्ति राना   राप्रपा ११९

२०७४ सालको निर्वाचनमा उपप्रमुख तर्फ प्राप्त मतलाई आधार मान्दा पनि नेपाली काँग्रेस नै बलियो देखिन्छ। एपप्रमुख पदका लागि नेपाली काँग्रेसकी उम्मेदवार मैना वि.क.ले ९ हजार ९ सय ७४ मत प्राप्त गरिन। उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार शुसिला विश्वकर्माले ७ हजार २ सय ६६ मत मात्र प्राप्त गरिन। उपप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको मत जोड्दा पनि काँग्रेस उम्मेदवार वि.क.ले प्राप्त गरेको मत ९ सय ८९ ले बढी छ।

वडाध्यक्ष तर्फको मत परिणाम
वडा अध्यक्ष तर्फको मत परिणाममा पनि काँग्रेस नै बलियो देखिएको छ। १४ वटा वडा रहेको गुर्भाकोट नगरपालिकाका ११ वटा वडामा नेपाली काँग्रेसले विजय हासिल गरेको थियो। बाँकी ३ वटा वडामा भने नेकपा एमालेका उम्मेदवारहरु विजयी भए। नेपाली काँग्रेसले जितेका वडाहरुमा सबैठाउँमा नेकपा एमाले दोश्रो देखिएको छ भने एमालेले जितेका ३ वटै वडामा नेपाली काँग्रेस दोश्रो स्थानमा छ। माओवादी केन्द्र १४ वटै वडामा तेश्रो देखिएपनि प्राप्त मतका आधारमा भने निकै कमजोर देखिन्छ।

२०७४ को मत परिणाम अनुसार निकटतम प्रतिद्वन्दीसँग सबैभन्दा कम मत अन्तर भएको वडा नं. ११ देखिन्छ। वडा नं ११ मा नेपाली काँग्रेसका उम्मेदवार लाल प्रसाद आचार्यले ५ सय ८ मत प्राप्त गरि विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्दी एमाले उम्मेदवार राजन वि.सिले ४ सय ९८ मत प्राप्त गरेका थिए। वडा नं. ११ मा विजेता र उप विजेताको मत अन्तर १० मात्र थियो।यसैगरी दाश्रो कम मतअन्तर गुर्भाकोट नगरपालिकाको वडा नं. १० मा भएको थियो। वडा नं. १० मा नेपाली काँग्रेसका उम्मेदवार भिम बहादुर खत्री ४ सय मत प्राप्त गरि विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका थमान बहादुर खत्रीले ३ सय ७० मत प्राप्त गरेका थिए। वडा नं. १० मा विजेता र उपविजेताको मतअन्तर ३० मात्र थियो।

यस्तै निकटतम् प्रतिद्वन्दीसँग सबैभन्दा ठूलो मतअन्तर भएका वडाहरु भने वडा नं. ८ र ७ हुन्। वडा नं. ८ मा नेपाली काँग्रेसका उम्मेदवार चित्र बहादुर रेग्मीले ९ सय ५१ म्त प्राप्त गरे। एनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिर बहादुर सुनारले ३ सय ६७ मत मात्रै प्राप्त गरे। रेग्मी र सुनारबीचको मतअन्तर ५ सय ८४ थियो। यस्तै गुर्भाकोट ७ मा नेपाली काँग्रेसका उम्मेदवार विर्ख बहादुर सार्की ७ सय ७४ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका शिवलाल शर्माले १ सय ९१ म्त मात्र प्राप्त गरे। सार्की र शर्माबीचको मतअन्तर ५ सय ८३ थियो।

वडा अनुसारको मत परिणामः
वडा नं. १

नाम        दल       प्राप्त मत      कैफियत
लाल बहादुर खासु नेकपा एमाले ७३६ निर्वाचित
ओविलाल थापा नेपाली काँग्रेस   ४५२
झक्कु प्रसाद खड्का  माओवादी केन्द्र ४७

 

वडा नं. २

नाम    दल         प्राप्त मत        कैफियत
नोख बहादुर वली नेपाली काँग्रेस ६७५ निर्वाचित
हरिमान खत्री नेकपा एमाले  ३९३
नर बहादुर डाँगी माओवादी केन्द्र २७९
पवित्राकुमारी अधिकारी राप्रपा  ७

वडा नं. ३

नाम     दल       प्राप्त मत     कैफियत
ओम प्रकास बुढा मगर नेपाली काँग्रेस  ६६९ निर्वाचित
गणेश बुढा  नेकपा एमाले  ४४७
रिम बहादुर विष्ट माओवादी केन्द्र १०६
मोनविर कामी नयाँ शक्ति    १५

वडा नं. ४

नाम दल प्राप्त मत कैफियत
प्रशन्न कुमार शाह नेकपा एमाले ७६६ निर्वाचित
राम बहादुर डाँगी नेपाली काँग्रेस ६४७
माेतिलाल कामी माओवादी केन्द्र १५३
बिर बहादुर खड्का राप्रपा १६

 

वडा नं. ५

नाम  दल  प्राप्त मत  कैफियत
लाल बहादुर पुन नेपाली काँग्रेस ५६७ निर्वाचित
जग बहादुर खड्का नेकपा एमाले ३९८
मान बहादुर विटालु माओवादी केन्द्र २४५

वडा नं. ६

नाम  दल  प्राप्त मत  कैफियत
धनीराम जैसी नेपाली काँग्रेस ८६९ निर्वाचित
विरजित वि.क. नेकपा एमाले ५९४
नैनविर वली माओवादी केन्द्र १७०
भिम बहादुर वली राप्रपा १६

 

वडा नं. ७

नाम  दल प्राप्त मत  कैफियत
विर्ख बहादुर सार्की नेपाली काँग्रेस ७७४ निर्वाचित
शिवलाल शर्मा नेकपा एमाले १९१
कर्ण बहादुर परियार माओवादी केन्द्र ५६
प्रेम दमाई राप्रपा २५

 

वडा नं. ८

नाम  दल  प्राप्त मत  कैफियत
चित्र बहादुर रेग्मी नेपाली काँग्रेस ९५१ निर्वाचित
विर बहादुर सुनार नेकपा एमाले ३६७
भीम बहादुर खड्का माओवादी केन्द्र ३३
लिले खड्का राप्रपा २२

 

वडा नं. ९

नाम  दल  प्राप्त मत  कैफियत
शसिराम भट्टराई नेकपा एमाले ८३१ निर्वाचित
तेज बहादुर खत्री नेपाली काँग्रेस ५९६
कृष्ण प्रसाद विश्वकर्मा माओवादी केन्द्र १३२
देवीराम चन्दरा राप्रपा ३३

 

वडा नं. १०

नाम  दल  प्राप्त मत  कैफियत
भिम बहादुर खत्री नेपाली काँग्रेस ४०० निर्वाचित
थमान बहादुर खत्री नेकपा एमाले ३७०
कुल बहादुर वि.सी माओवादी केन्द्र १६३
खिमलाल बुढा राप्रपा ११

 

वडा नं. ११

नाम  दल  प्राप्त मत  कैफियत
लाल प्रसाद आचार्य नेपाली काँग्रेस ५०८ निर्वाचित
राजन वि.सि. नेकपा एमाले ४९८
इन्द्र बहादुर खत्री माओवादी केन्द्र १२१

 

वडा नं. १२

नाम  दल  प्राप्त मत  कैफियत
प्रेम प्रकाश वली नेपाली काँग्रेस ८९७ निर्वाचित
मनिराम शर्मा नेकपा एमाले ३६४
रेशम थापा माओवादी केन्द्र ७४

 

वडा नं. १३

नाम  दल  प्राप्त मत  कैफियत
मधु गुरुङ नेपाली काँग्रेस १०७६ निर्वाचित
बल बहादुर नेपाली नेकपा एमाले ७०४
युवराज शर्मा माओवादी केन्द्र ३८

 

वडा नं. १४

नाम  दल  प्राप्त मत  कैफियत
शश बहादुर घले नेपाली काँग्रेस ७३५ निर्वाचित
याम बहादुर गुरुङ नेकपा एमाले ५४१
रण बहादुर सलामी माओवादी केन्द्र ७४
प्रेम बहादुर गुरुङ राष्ट्रिय जनमोर्चा   ७

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।