विवेकशील अभियानका अभियन्ता तथा विवेकशील साझाको तर्फबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डौं ६ का उम्मेदवार रमेश चिलुवालले पार्टीको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै चिलुवालले सुविधाको राजनीति गरेर पार्टी नबन्ने उल्लेख गरेका छन्।

 

तत्कालिन विवेकशील नेपाली दलको रोल्पा सम्मेलन वरपर गरेको खुराफातवाट आजित उज्वल थापाले जनकपुर सम्मेलनमा पार्टीको नेतृत्व छोडी निष्क्रिय जिवनमा लागेको पनि चिलुवालले खुलासा गरेका छन्।

 

चलनचल्तीको राजनितिमा आफुलाई अभ्यस्त बनाउन पनि नसक्ने र फरक राजनिती पनि अगाडि बढाउन त्यति सजिलो नदेखिरहेको अवस्थामा नेतृत्व छोडेका थापाको त्यागलाई देखाएर विवेकशील साझाका अध्यक्ष मिश्रलाई पदको लोभी र नेतृत्व छोड्न नसक्ने देखाएर छिट्टै ठूलो नेता बन्ने महत्वाकांक्षा भएकाहरुवाट सुरु गरिएको मिसन अभियानले आज पार्टीलाई दुर्भाग्यपूर्ण अवस्थामा पु¥याएको चिलुवालको टिप्पणी छ।

 

विवेकशील साझामा विभाजन आई विवेकशील नेपाली दल र साझा पार्टी बनेको समयमा विवेकशील नेपाली दलमै गएका चिलुवालले लेखेका छन्, ‘मिश्रका धेरै अवगुणहरु पनि होलान। छन पनि। तर यो पाँच बर्षमा पार्टीको लागि दिनरात खट्ने र एकोहोरो गालीमात्र खाने अरु कोही पनि छैन। सुबिधाको राजनिती गर्ने म जस्तालाई लिएर कहिले बन्ला र पार्टी ? यो सानो बिरुवा असिनाले पनि भाचिदिने, किराले पनि काटिदिने, ठुला दलले फू गर्दा पनि ढल्ने अवस्था आउनुमा म जस्ता कार्यकर्ताहरु दोषी छौ। मिश्र भन्दा कयौ गुणा दोषी म हु म।’

 

चिलुवालले आज सम्म आफूले रवीन्द्र मिश्रलाई एक्लै कहिल्यै नभेटेको कहिल्यै फोनमा नबोलेको र कहिल्यै कुनै पद नमागेको पनि उल्लेख गरेका छन्।

यस्तो छ चिलुवालले फेसबुकमा लेखेको टिप्पणीः

पहिलोपल्ट पार्टी फुटाउन उस्काउनेहरुले रोल्पा सम्मेलन वरपर गरेको खुराफातवाट आजित उज्वल थापाले जनकपुर सम्मेलनमा पार्टीको नेतृत्व छोडी निष्क्रिय जिवनमा लागेका थिए। चलनचल्तीको राजनितिमा आफुलाई अभ्यस्त बनाउन पनि नसक्ने र फरक राजनिती पनि अगाडि बढाउन त्यति सजिलो नदेखिरहेको अवस्थामा नेतृत्व छोडेका थापाको त्यागलाई देखाएर मिश्रलाई पदको लोभी र नेतृत्व छोड्न नसक्ने देखाएर छिट्टै ठूलो नेता बन्ने महत्वाकांक्षा भएकाहरुवाट सुरु गरिएको मिसन अभियानले आज पार्टीलाई यो अवस्थामा पुर्याएको हो।

 

मिश्रका धेरै अवगुणहरु पनि होलान। छन पनि। तर यो पाँच बर्षमा पार्टीको लागि दिनरात खट्ने र एकोहोरो गालीमात्र खाने अरु कोही पनि छैन। सुबिधाको राजनिती गर्ने म जस्तालाई लिएर कहिले बन्ला र पार्टी ? यो सानो बिरुवा असिनाले पनि भाचिदिने, किराले पनि काटिदिने, ठुला दलले फू गर्दा पनि ढल्ने अवस्था आउनुमा म जस्ता कार्यकर्ताहरु दोषी छौ। मिश्र भन्दा कयौ गुणा दोषी म हु म।

 

तर पनि देशलाई असल नागरिकहरुबाट नेतृत्व गरिने बैकल्पिक पार्टीको आवश्यकता भने झनै बढदो छ।
क्रमशः……
(आज सम्म मैले रवीन्द्र मिश्रलाई एक्लै भेटेको पनि छैन। फोनमा बोलेको पनि छैन। कुनै पद मागेको पनि छैन। लिएको पनि छैन)

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।