काठमाडौं। विवेकशील साझा पार्टीका निवर्तमान संगठन विभाग प्रमुख निर्देश सिलवाल पछिल्लो समय पार्टी अध्यक्ष विरुद्धको गतिविधिमा सक्रिय छन्। आफ्नो गुटको बैठक राखेर अध्यक्ष रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाउने तयारी गरिएको अभिव्यक्ति समेत सिलवालले आमसञ्चार माध्यममा भन्दै हिँडिरहेका छन्।
विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुँदा सिलवाल विवेकशील तर्फको महासचिवका हैसियतमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा आएका हुन्। पछि विवेकशील साझाले सिलवाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको थियो। विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिलवालले नेतृत्व गरेको संगठन विभाग भंग गरिसकेको छ।
तत्कालिन विवेकशील नेपाली दलको महासचिवको हैसियतमा एकता प्रक्रियाबाट विवेकशील साझामा आएका सिलवालले किर्ते जालसाजी गरेको अनुसन्धान प्रतिवेदन भेटिएको छ। डकुमेन्ट ट्रयाकिङ साइट Orangedox.com मा सिलवालले किर्ते जालसाजी गरेर तत्कालीन विवेकशील नेपाली दलको महासचिव जितेको उल्लेख छ।
Orangedox मा चुनावी प्रभाव तथा पहिचानको चोरी सम्बन्धमा सिलवाल संलग्न भएको अनुसन्धानको पूर्ण प्रतिवेदन राखिएको छ।
सिलवाल लगायतका केही व्यक्तिहरुले तत्कालीन विवेकशील नेपाली दलको २०७६ साल कार्तिक १ र २ गते जनकपुर राष्ट्रिय सम्मेलन निर्वाचनमा जालसाजी गरी सयौं किर्ते व्यक्ति खडा गरी, निर्वाचनमा मतदान गरि मतदानको परिणामलाई प्रभावमा पारेको उल्लेख छ।
राष्ट्रिय सम्मेलनमा आफ्नो पक्षमा नतिजा पार्न तत्कालीन विवेकशील नेपाली दलको विधानमा अशक्तहरूको लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर निर्देश सिलवाल, सुमित्रा गुरुङ, सिसिर बञ्जारा र आशुतोष प्रधानले नतिजा प्रभावित पारेको न्याय तथा सुशासन आयोगले निष्कर्ष निकालेको थियो।
हेर्नुहोस, Orangedox मा भएको अनुसन्धानको पूर्ण विवरणः
https://dl.orangedox.com/sI6j0n?fbclid=IwAR0iRh08yTs3rZDJi5SziAWcnsdBgVaZWERvaY3kU0eqq5H6tkEKAZ3Gexs