चितवन। ना’बालिग ब’लात्कारकाे आ’राेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा ब’लात्कारकाे जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले ब’लात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जा’हेरी दर्ता गरेकी थिइन् ।

उक्त मु’द्दाको अनु’सन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो ।

ब’लात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्या’द लिएर शाहमाथि अ’नुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदाल’तबाट हिरास’तमा राखि म्याद अनुमति लिएर अ’नुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए ।

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जा’हेरी दिएपछि भरतपुर अस्पतालमा कि’शोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । ब’लात्कार मु’द्दामा अ’नुसन्धान गर्न आ’रोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।