काठमाडौं। विवेकशील साझाका नेता हरिप्रसाद गौतमले गीत लेखनमा समेत कलम चलाउन थालेका छन्। गौतमले लेखेको निन्द्रै लाग्दैन बोलको गीत पछिल्लो एकसाता देखि युट्युबमा उपलब्ध छ। निन्द्रै लाग्दैन बोलको गीत सानैदेखि गीत, कविता लेखनमा रुची राख्ने गौतमको पहिलो रेकर्डेड गीत हो। उनको गीतमा पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका रचना रिमाल र सन्तोष रुचालले स्वर दिएका छन्।

 

गीतको भिडियो हरिस क्रियसन नामको युट्युब च्यानलबाट रिलिज गरिएको छ। 

 

डान्स प्याटर्नको उक्त गीतमा गायक सन्तोष रुचाल आफैले संगीत दिएका छन्। गीतको सार्वजनिक गरिएको भिडियोको छायांकन सागर पौडेल र सम्पादन शीलन लम्सालले गरेका हुन्।

मोडल उषा उप्रेती, केशव भट्टराई र केबी डान्स क्रु फिचर गरिएको भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।