डडेल्धुरा। विवेकशील साझा पार्टीका नेताले आपतकालीन उद्धारका लागि स्ट्रेचर सहयोग गरेका छन्। विवेकशील साझा पार्टीको कुवेत राष्ट्रिय समितिका संयोजक खडक विष्टले सोमबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई  ६ थान स्ट्रेचर हस्तान्तरण गरेका हुन्।

विवेकशील साझा अन्तराष्ट्रिय समितिको प्रतिनिधित्व गर्दै विष्टले प्रहरीलाई आपतकालीन उद्धारमा सहयोग पुग्ने गरि स्ट्रेचर हस्तान्तरण गरेका हुन्।

आपतकालीन उद्धारका लागि प्रहरीलाई आवश्यक पर्ने स्ट्रेचर खरिदका लागि विवेकशील साझा चेक रिपब्लिकका संयोजक ईश्वर पराजुली र राष्ट्रिय समितिले सहयोग गरेको विष्टले बताए।

विवेकशील साझाले निशुल्क तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था सहित कल्याणकारी राज्यको वकालत गर्दै आएको छ।

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।