चण्डीगढ। आम आदमी पार्टी चण्डीगढमा नगरपालिकाको चुनावमा सबैभन्दा बढी सिट जित्ने पार्टी बनेको छ। आम आदमी पार्टीले नगरपालिकाको ३५ सिटमध्ये १४ सिट जितेको छ ।

योसँगै भाजपाको खातामा १२ सिट, कांग्रेसको खातामा आठ र अकाली दलको खातामा एक सिट परेको छ ।

चण्डीगढका भाजपाका वर्तमान मेयर रविकान्त शर्मा चुनावमा पराजित भएका छन् । उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भएका छन् । आम आदमी पार्टी पहिलो पटक चण्डीगढ नगरपालिका चुनावमा प्रवेश गरेको छ।

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले ट्वीट गर्दै विजयी उम्मेदवार र कार्यकर्तालाई बधाई दिएका छन् र परिणामलाई परिवर्तनको संकेत भनेका छन्।

उनले ट्वीट गरेका छन्, ‘चण्डीगढ नगरपालिकामा आम आदमी पार्टीको यो जित पञ्जाबमा आउने परिवर्तनको संकेत हो। आज चण्डीगढका जनताले भ्रष्ट राजनीतिलाई अस्वीकार गर्दै आपको इमानदार राजनीति रोजेका छन् । सम्पुर्ण विजयी उम्मेदवार तथा ब्ब्ए का सम्पूर्ण कार्यकर्ताहरुलाई धेरै धेरै बधाई । यस पटक पञ्जाब परिवर्तनको लागि तयार छ।

उही समयमा दिल्लीका उपमुख्यमन्त्री र आम आदमी पार्टीका वरिष्ठ नेता मनिष सिसोदियाले भने, ‘ूआपले यहाँ पहिलो पटक चुनाव लडिरहेको छ र पछिल्लो प्रवृत्ति अनुसार चण्डीगढका जनताले हामीलाई भव्य स्वागत गरेका छन्।’

पछिल्लो नगरपालिका चुनावमा भाजपाले २० सिट जितेको थियो। उसको तत्कालीन सहयोगी शिरोमणि अकाली दलले एउटा सिट जितेको थियो ।

कांग्रेसको खातामा चार सिट मात्र छ ।

२०१६ को निर्वाचनमा नगरपालिकामा २६ सिट थिए, जुन अहिले बढेर ३५ पुगेको छ ।

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।