सुर्खेत। नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलवार सम्पन्न सुर्खेत क्षेत्र नं. १ को क्षेत्रिय अधिवेशनबाट खड्का निर्वाचित भएका हुन्।

महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरुष समुहबाट उम्मेदवारी दिएका खड्काले सर्वाधिक ७ सय ३६ मत प्राप्त गरे। महामन्त्री खड्कासँगै खुल्ला पुरुष समुहतर्फबाट खड्ग पोखरेलले ७ सय ११, ऋषि प्रसाद शर्माले ७ सय ६, उदय गिरीले ६ सय ८७, खिमानन्द ढकालले ६ सय ६८, देब बहादुर चन्दले ६ सय ९७, नरहरी भट्टराईले ६ सय ९२, लक्ष्मिदत्त पौडेलले ६ सय ८१, हरि प्रसाद शर्माले ७ सय ६ र हिरामणि सुनारले ६ सय ७६ मत प्राप्त गरि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुषबाट निर्वाचित सबै महामन्त्री खड्का निकट हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।