सुर्खेत। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका पालिकाहरूको अधिवेशन सम्पन्न भएको छ। बुधवार गुर्भाकोटमा सम्पन्न नगर अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ।

गुर्भाकोट काँग्रेसको सभापतिमा हस्त पुन, उपसभापतिमा लाल बहादुर पुन, मधु गुरुङ, सचिवमा वासुदेव शर्मा, प्रेमप्रकाश वली, सहसचिवमा रुपक पौडेल र पुष्पा वि.क निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वेदप्रसाद भट्टराईले बताए।

 

सभापतिमा निर्वाचित पुन दोश्रो कार्यकालका लागि सभापति भएका हुन, उनी यसअघि पनि गुर्भाकोट काँग्रेसको सभापति थिए। 

यसअघि गुर्भाकोट नगरपालिकाका १४ वटै वडामा काँग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको थियो।

भेरीगङ्गामा प्यानलै विजयी

भेरीगङ्गा नगरपालिकामा बुधवार सम्पन्न नगर अधिवेशनबाट सभापतिमा रामबहादुर सिंह सहित उनको प्यानलै विजयी भएको छ। नगर सभापति पदमा निर्वाचित सिंहले १ सय ९४ मत प्राप्त गरे। उनका प्रतिद्वन्दी किरण कुमार भाटले २२ मत मात्र प्राप्त गरे।

यस्तै उपसभापतिमा प्रतिक्षा वि.क., रेशम बहादुर पुनमगर, सचिवमा लालसिं बुढाक्षेत्री, हिरालाल खत्री र सहसचिवमा टिकाराम वली र धर्मराज खड्का विजयी भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।