सुर्खेत। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं ८ को अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर रेग्मीले मेहेलकुनाको सिटीहलमा शनिवार वडा अधिवेशनको उद्घाटन गरे।

उद्घाटन सत्रलाई प्रमुख अतिथि रेग्मीका साथै कार्यक्रमका विशेष अतिथि जिल्ला कार्यसमिति सदस्य सरस्वती सिंह, गुर्भाकोट नगर कार्यसमितिका सभापति तथा गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन, क्षेत्रिय कार्यसमितिका सदस्य प्रकाश डिसी, १३ औं महाधिवेशन प्रतिनिधि तथा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क, नेकपा एमालेका नेता हेमन्त शर्मा, नेकपा एकीकृत समाजवादीका नेता अमृत प्रसाद जैसी, राप्रपा नेता लक्ष्मी प्रसाद शर्मा लगायतले सम्बोधन गरेका थिए।

वडा कार्यसमितिका सभापति जगे सार्कीको सभापतित्व सम्पन्न उद्घाटन समारोहको सञ्चालन वडा कार्यसमितिका सचिव किरण वि.कले गरेका थिए।

उद्घाटन समारोहमा ज्येष्ठ काँग्रेस सदस्य इन्द्रलाल ढकाल, नरबहादुर पुन र तारादेवी शर्मालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

उद्घाटन समारोह सम्पन्न भएसँगै वडा अधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ। काँग्रेस गुर्भाकोट ८ ले जनाए अनुसार सर्वसम्मत नेतृत्व चयन गर्दै आजै अधिवेशन सम्पन्न हुनेछ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।