सुर्खेत। मेहेलकुना आँखा अस्पतालको संयोजकमा बिर्ख बहादुर सार्की चयन भएका छन्। शुक्रवार मेहेलकुना आँखा अस्पतालको नवनिर्मित भवनमा आयोजित भेलाबाट सार्कीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन भएको हो।

नवगठित तदर्थ समितिमा संयोजक सार्कीसँगै सदस्यहरूमा तुल्सी शर्मा, प्रभा बुढा थापा, रामकली पातली, चितेन्द्र वि.क, मोहन बारघरे, विर बहादुर गाइन, किरण वि.क र खगेन्द्र सुनार चयन भएका छन्। 

तदर्थ समिति गठन गर्न आयोजित भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित भएका गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन, विशेष अतिथि गुर्भाकोट नगरपालिकाकी  उपप्रमुख मैना वि.क, विशेष अतीथि गुर्भाकोट नगरपालिकाको सामाजिक विकास समितिका संयोजक चित्र बहादुर रेग्मीले आँखा अस्पतालले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरेका थिए।

 

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।