१: ‘छोरी’ र ‘बुहारी’मा तथा ‘सासु’ र ‘आमा’मा भेद नगर्नुहोस्, तपाईँकी ‘छोरी’ कसैको घरकी ‘बुहारी’ तथा तपाईँकी ‘बुहारी’ तपाईँले जस्तै मुटुको टुक्रा मानेकी कसैकी ‘छोरी’ हुन्, त्यसैगरी तपाईँकी ‘आमा’ पनि कसैकी ‘सासु’ हुन् र तपाईँकी ‘सासु’ पनि कसैकी जन्म दिने ‘आमा’ हुन् भन्ने कुरा नबिर्सनुहोस्।

२: संसारका सबै मानिसहरु फरक फरक हुन्छन्, त्यसैले सबै आफूजस्तै हुन्छन् भन्ने अपेक्षा नगर्नुहोस् र स्वभाविक रुपमा स्वीकार्नोस्।

३: ज्यान जाने खतरा भए बाहेक सधै सत्य बोल्नुहोस्, सकेसम्म झूठो नबोल्नुहोस्, एउटा झूठ लुकाउन दशौँ झूठ बोल्नुपर्छ, यसले तपाईँलाई ग़लत बाटो हिडाउँछ।

४: तपाईँको सबैभन्दा मिल्ने साथीको कमजोरी उसलाई बताईदिनोस्, त्यस्तै तपाईँको कमजोरीबारे पनि साथीसंग सोध्नुहोस्।
५: आफूलाई जस्तो ब्यवहार मनपर्छ, अरुसंग त्यस्तै ब्यवहार गर्नुहोस्। आफू रुख़ो भएर अरुसंग नम्र ब्यवहारको अपेक्षा नगर्नुहोस्।

६: कहिल्यै पनि आफ्नो सौन्दर्यता, धन, विद्वता र आरोग्यताको घमण्ड नगर्नोस्, ती सबै तपाईँका वैयक्तिक कुराहरु हुन्।

७: कहिल्यै ‘म यस्तो म उस्तो’ भनेर आफ्नो प्रशंशा आफै नगर्नुहोस्। तपाईँको अनुपस्थितिमा तपाईँको प्रशंशा गर्नसक्ने वातावरण तयार गर्नुहोस्।
८: तपाईँका आफन्तहरुसंग नियमित सम्पर्कमा रहनुहोस्, काम पर्दा मात्र सम्पर्क गर्ने काम नगर्नुहोस्। काम पर्दा मात्र सम्झनु स्वार्थ हो।

९: तपाईँले कसैलाई गरेको सहयोगलाई पटक पटक ‘मैले उसलाई यस्तो गरेँ’ भन्दै उसलाई मालिकको जस्तो रवाफ नदेखाउनोस्।साथै आफूले गरेको मानवीय सहयोग फिर्ताको अपेक्षा पटक्कै नगर्नुहोस्।

१०:परिवारवीच विवाद हुँदा तत्काल प्रतिरोध नगर्नुहोस्, केही समय विवादस्थलबाट टाढा हुनुहोस्, स्थिति साम्य भएपछि शालीन तरीकाले समस्यामाथि छलफल गर्नुहोस्।

११: अरुको अगाडि कहिल्यै पनि आफ्नो श्रीमान या श्रीमतीको आलोचना नगर्नुहोस्, यसले तपाईँको सम्बन्ध कमजोर बनाउन मलजल गर्न सक्छ।

१२: कसैलाई चाहिने भन्दा बढी माया, आदर या विश्वाश नगर्नुहोस्। चाहिनेभन्दा बढी माया, सत्कार चाकडी हो।
१३: अरुले दिएको उपहार वा उपकारको खुलेर प्रशंशा गर्न नभूल्नुहोस्, त्यसले दिने ब्यक्तिलाई खुशी दिन्छ।

१४: कसैलाई तुरुन्तै विश्वाश नगरिहाल्नोस्, त्यस्तै लामो समयसम्मको सम्बन्धलाई सानो कारणले नतोड्नुहोस्।

१५: कसैसंग शत्रुता नगर्नुहोस्, परिस्थितिले शत्रु भईहाले भने उनीहरुको अगाड़ी सधै प्रगति गर्न प्रयासरत हुनुहोस्। शत्रुको डाह नगर्नुहोस्।
१६: कसैसंग आशा गर्ने काम नगर्नुहोस्, बरु अरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेतर्फ केन्द्रीत हुनुहोस्।

१७: जन्म दिने आमा बाबुप्रति सधै कृतज्ञ हुनुहोस्, आफ्ना छोरा छोरीहरुलाई सानैबाट परिवारको महत्व बताउनुहोस्। पटक पटक आफू काल्पनिक रुपमा बाबु आमा भएर सोँच्ने गर्नुहोस्।

१८: ज़िन्दगीमा एउटा ब्यक्तिलाई आफ्नो आदर्श ब्यक्ति मानेर अघि बढ्नुहोस्। त्यो ब्यक्तिसंग डर पनि मान्नुहोस्,आफ्ना गल्तीहरुबाट सिक्नोस्।

१९: तपाईँको लागि धेरैजसो राम्रो ब्यवहार गरेको मान्छेका एक दुई ब्यवहार खराब नै भए पनि त्यसलाई नजर अन्दाज़ गर्नुहोस्।

२०: म मात्रै जान्ने, सुन्ने र असल छु भन्ने भ्रम त्याग्नुहोस्, खराब मान्छेमा पनि केही न केही राम्रा गुणहरु हुन्छन् भन्ने यथार्थ आत्मसाथ गर्नुहोस्।

२१: कसैको आलोचना नै गर्नु परेको बेला सधै सन्तुलित, सभ्य र शिष्टाचारपूर्वक आलोचना गर्नुहोस्।

२२: दु:खमा तपाईँलाई सहयोग गर्नेहरुप्रति सदैव कृतज्ञ हुनुहोस्, तपाईँले पाएको सहयोगलाई उचित समयमा पैँचो तिर्नुहोस्।

यी सामाग्री सरगम भट्टराईको फेसबुक वालबाट साभार गरिएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।