सुर्खेत। नेपाली काँग्रेस गुर्भाकोटको नगर सभापति पदमा किरण वलीले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। चार महिना अघि स्वास्थ्य सेवा तर्फको सरकारी जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको घोषणा गरेका वलीले सामाजिक सञ्जाल मार्फत आइतबार राति ३३ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्। 

पार्टीको नगर सभापति पदका लागि देखिएका आकाङ्क्षाहरूमाथि खोट लगाउने ठाउँ भएको भन्दै वलीले पार्टीले आफूलाई नै सर्वसम्मत सभापतिको जिम्मेवारी दिने अपेक्षा रहेको पनि बताएका छन्। सर्वसम्मत नभई  निर्वाचन हुने अवस्था आएमा वा पार्टी नेतृत्वले आफूलाई निर्वाचन लड्ने सहमति प्रदान गरेमा मात्र आफूले सदस्यहरूसँग भोट माग्न थाल्ने वलीको भनाई छ।

श्रोतका अनुसार नेपाली काँग्रेस गुर्भाकोटमा नगर सभापति पदमा ९ जनाको दाबी छ। यद्यपि पार्टीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको बताईएको छ।

यस्तो छ वलीको सार्वजनिक प्रतिवद्धता

मेरा प्रतिवद्धताहरूः
मेरा आदरणीय समर्थक र शुभेच्छुकहरुको शुभेच्छा अनुरुप नगर पार्टीको बैठकमा अरु नेतागणहरुले आफ्नो अपेक्षा राख्दै गर्दा मैले पनि नगर सभापतिमा आफ्नो अपेक्षा राखेकोछु। सर्बसम्मत उम्मेदवार तयार गर्न केहिदिनदेखी सबै आकांक्षीहरु र अग्रज नेताहरु बिच छलफल चलिरहेको अबस्थामा मलाई बिस्वास छ मेरा आदरणीय समर्थक र शुभेच्छुक हरुको शुभेच्छा पूरा हुनेछ किनकी कर्मचारी हुदा मैले विभिन्न अबरोधका बवजुद पनि पार्टी संगठन बिस्तार गर्न र पार्टी समर्थकहरुका समस्याहरु समाधान गर्न समय निकालेर आफुले सकेजती भुमिका खेलेकै थिएँ।

राजिनामा दिएको ४ महिना पुग्दै गर्दा आफुलाई पार्टीको पुर्णकालिन कार्यकर्ताको रुपमा पार्टीका विभिन्न गतिविधिहरुमा सम्मिलित गराईरहेकोछु। हामी सम्पुर्ण आकांक्षिहरु एकसे एक छौ। कसैलाई खोट लगाउने ठाउँ छैन सबैले आफुलाई नगर पार्टीको अगुवाको रुपमा सक्षम ठानेर नै दावी गर्नुभएको छ होला। पार्टी संस्थापन पक्षले मलाई योग्य ठानी सर्बसम्मत गरेमा वा निर्वाचन हुने अवस्था आएमा मलाई निर्वाचन लड्न सहमति दिएपछी मात्र म भोट माग्न हिड्नेछु सहमति वा निर्वाचन जे हुनेछ त्यो समय सम्म म हिजो जस्तै चुप लागेर बस्नेछु किनकी यो चुप लगाईले वडाहरुमा सर्वसम्मत गर्न हाम्रो नेतृत्व सफल भएकोछ।

हुनत केही आकाक्षी हरुले भेटघाट र उठबस गरिरहेको सुन्नमा आएकोछ तर म अग्रज नेतृत्वले निर्देशन गरे भन्दा बाहिर गएर कुनै पनि गतिविधि गर्न चाहदिन किनकी पार्टी म वा अर्को ब्यक्तिले एक्लै चलाएर चल्दैन। सबैले संयुक्त रुपमा चलाउने हो कोहि माथिल्लो पदमा रहला कोहि तल्लो पदमा रहला।अन्तिम सम्म सर्वसम्मत गर्न आफै जुट्ने र सहमतिको बाधक नबन्ने प्रतिबद्दता सहित नेतृत्व बर्गले सर्व सम्मत गर्दा होस वा निर्वाचन नै गर्ने अबस्था होस त्यो समयमा मलाई भरोसा गरि उपयुक्त ठानी  जिम्मेवारी दिए वा निर्वाचनमा जानुपर्ने अबस्था आएमा मेरा प्रतिबद्दता तपसिल अनुसार रहेका छन।

१.कर्मचारी नेताको रुपमा मैले पार्टीका लागि जे जति गर्न सके पार्टीको नेतृत्व गर्ने अबशर मिले ती गतिविधिहरुलाई म समय सापेक्ष र अझै सशक्त रुपमा गर्न सक्छु भन्ने आत्माबिश्वासका साथ अगाडि बढ्ने,

२.हालका आकांक्षी हरुले पार्टीका विभिन्न निकाए का पदहरुमा काम गरेर अनुभव गरिसकेको र केहिले जनप्रतिनिधिको रुपमा काम गर्ने अबशर समेत पाई सकेको र मैले ११ औं महाधिवेशन देखि हालसम्म गाबिसरवडाको पार्टी प्रतिनिधि बाहेक पार्टीको कुनै पनि पद नलिएकाले पार्टीको पद लिएर पार्टी संगठनका लागि अहोरात्र खट्ने,

३.जिवनको आधा समयमा आईपुग्दा २१ औ बर्ष कर्मचारी राजनीति गरेर तल्लो तह देखि केन्द्रसम्मको नेतृत्व गरि संगठन संचालनमा हालसम्म गरेको अनुभवलाई पार्टी संगठन बिस्तारका आगि लगाउने,

४.जागिरे जीवन छोड्ने प्राय जसो नेताहरुले जनप्रतिनिधि हुनका लागि जागिर छोडेर पार्टीका तर्फबाट टिकट लिन चाहने बर्तमान अबस्थालाई चिरेर पहिलो चरणमा पार्टी संगठनका लागि जागीर छोड्नुपर्छ भन्ने नजिर पार्टीमा बसाल्न पार्टी महाधिवेशन अगाडि जागिर छोडेर पार्टी नेतृत्व गर्ने प्रतिबद्ध रहेको,

५.पार्टी संगठनमा सिन्को नभाच्ने र पार्टी अधिबेशन आउदा वा निर्वाचन आउदा पद र पैसाको बलमा मात्र राजनीतिमा आउने परंपराको अंत्य गर्न पहल गर्ने।

६.स्थानीय तह र अन्य तहमामा सकेसम्म एक ब्यक्ति एक पद र एक ब्यक्ति एक अबधीको परंपरा बसाली युवा र सक्षम नंया ब्यक्ति हरुलाई समेत  पार्टी नेतृत्वमा ल्याउने परिपाटीको बिकास गर्ने,

७.पार्टी र स्थानीय सरकार बिच नङ र मासुको जत्तिकै सम्बन्ध बिकास गरि बिबाद बिहिन अबस्थाको बिकास गर्ने,

८.पार्टी र भातृ तथा शुभेच्छुक संस्थाहरु बिच समन्वयकारी संबन्धको बिकास गर्ने,

९.स्थानीय स्तरमा रहेका सरकारी र निजि संस्थाहरुमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुको नेतृत्व गराउन विशेष पहल गर्ने,

१०.हाल विभिन्न पदहरुमा रहेका नेतागण हरुलाई पार्टीको माथिल्लो निकाएमा निर्वाचित गराउन एकजुट भै जान स्थानीय प्रतीनिधिहरुलाई प्रशिक्षित गर्ने,

११.पार्टीका सम्पुर्ण गतिविधिहरुलाई डिजिटलाईजेसन गर्ने,

१२.नगर पार्टीको लागि जग्गा र कार्यालय भवन बनाउन विशेष पहल गर्ने,

१३.पार्टीको नेतृत्वमा भएका बिकास निर्माणका कामहरुको प्रचार प्रसार गर्न नसक्दा निर्वाचनमा पार्टीले हार बेहोर्नु पर्दा पार्टी कार्यकर्ता र भोटर हरु निरास भै पलायन हुने अबस्था भएकाले पार्टीले हालसम्म गरेका गतिबिधी हरुको बिज्ञापन गर्न विभिन्न सामाजिक संजाल प्रयोग गर्ने र पार्टी प्रशिक्षण कार्यक्रम राख्ने,

१४.नगर पार्टीको छुट्टै वईभसाईट र एप्लिकेसन तयार गर्ने,

१५.नेपाली काङ्ग्रेस गुर्भाकोट अन्तर्गत भएका पुराना र नयाँ गतिविधि हरु लाई समेटेर बार्शिक स्मारिका र क्यालेन्डर प्रकाशन गर्ने,

१६.पार्टी बिधान अनुसार टोल सम्म संगठन बिस्तार गरि कार्यकर्ता हरुलाई सकृय गराउने,

१७.संस्थागत र उपभोक्ता समितिमा भ्रष्टाचार भैरहेका भनी बाहिर आएका समाचार हरुलाई चिरेर काङ्ग्रेस नेता र कार्यकर्ता हरुलाई भ्रस्टाचारजन्य गतिविधि बाट अलग गर्न अनुगमन र प्रशिक्षण दिने,

१८.गुर्भाकोट नगर कार्यसमिति लाई मुलुककै नमुनाको रुपमा चिनाउन विभिन्न योजनाहरु तयार गरि कार्यान्वयन गर्ने,

१९.नेका महामन्त्री आदरणीय नेता पुर्ण बहादुर खड्काज्युले पंचायतका बिरुद्ध बिद्रोह गरि गिरफ्तारी दिएको फलाटेलाई राजनैतिक पर्यटकीय स्थान बनाउन काङ्ग्रेसका विभिन्न तहका सरकार सङ्ग समन्वय गर्ने,

२०.माओबादी बिद्रोहमा मारिएका काङ्ग्रेस समर्थक नेता कार्यकर्ता,सुरक्षाकर्मी र २०५६ मा एमाले द्वारा मारिएका स्व।मोहबिर खत्रीहरुको सम्मान का लागि गुर्भाकोट सहिद प्रतिस्ठान बनाई विभिन्न सामाजिक काम गर्न पार्टीको सरकार सङ्ग समन्वय गर्ने,

२१. काङ्ग्रेस कार्यकर्ता हरु दिर्घ रोगी भै उपचार गर्न नसकेको र एक्कासि दुर्घटना भै उद्दार गर्नुपर्ने अबस्था आउदा वा प्राकृति प्रकोपमा जनधनको क्षती हुदा पार्टीले कुनै पनि सहयोग गर्न नसक्ने अबस्था हुन नदिन,व्यापारी,उद्दोगपती,शिक्षक,कर्मचारी र देश तथा बिदेशमा रहेका शुभेच्छुक चन्दादाता हरु,स्वर्गे भएका आफ्ना आफन्तहरूको नाममा दान गर्न चाहने दाताहरु र नेपाली काङ्ग्रेस संसद बिकास कोष बाट समेत आर्थिक सहयोगको अनुरोध गरेर नेपाली काङ्ग्रेस आपतकालीन उद्दार कोष बनाई अक्षय कोष स्थापना गरि आर्थिक सहयोग गर्ने ब्यबस्था मिलाउने,

२२.नेपाली काङ्ग्रेस समर्थक हरुको एउटा सहकारी दर्ता गरि संचालन गर्ने,

२३.सहकारीको नाममा नेपाल सरकार बाट सहुलियतमा एम्बुलेन्स खरिद गरि संचालन गर्ने,

२४.अग्रज नेताहरु सम्मीलित एउटा सल्लाहकार परिशद गठन गरि उहाहरुको ज्ञान र शिपको उपयोग पार्टी संगठनमा लगाउने,

२५.राजनैतिक दलहरुले आफ्ना युवाहरुलाई राजनीतिक गतिविधिहरुमा मात्र सहभागी बनाउछन भन्ने आरोपलाई चिर्दै दैबी प्रकोप उद्दारका लागि सरकार वा सम्बन्धित निकायलाई सहयोग गर्न नेबिसं र तरुण दलका सदस्यहरु सम्मीलित आपतकालीन उद्दार टिम तयार गरि तालीम दिने ब्यबस्था मिलाई तम्तयार राख्ने र उद्दार गर्ने अबस्थामा खटाउने।

२६.बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सामुहिक उद्दोग,सामुहिक तरकारी खेती,सामुहिक पशुपालन लगायत र शैक्षिक बेरोजगार हरुलाई लोकसेवा मार्फत सरकारका विभिन्न क्षेत्र हरुमा भित्र्‍याउन तयारी कलास संचालन गर्न सहकारी मार्फत तीन वटै तहका सरकारमा पहल गरि बेरोजगार समस्यालाई कम गर्न पर्यत्न गर्ने,

२७.काङ्ग्रेस समर्थक युवाहरुलाई कुलतमा फस्न नदिन खेलकुद तर्फ आकर्षण गर्न १४ वटै वडाहरुमा पार्टीको अगुवाईमा युवा कल्ब हरु सथापना गरि कृयाशिल गराउने,

२८.गुर्भाकोटको बिकास र समृद्धिका लागि नगरपालिका सङ्ग समन्वय गरेर गुर्भाकोटको सम्पुर्ण तथ्यांक लिएर अल्पकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न नगर सरकारलाई अनुरोध गर्ने,

२९.वैदेशिक रोजगारमा रहेका काङ्ग्रेस समर्थित परिवारहरु सङ्ग समन्वय गरि उनिहरुको मासिक आम्दानीको केही प्रतिशत रकम उद्दोग संचालन कोषमा जम्मा गरि कम्पनी खोलेर शेयर पद्दतिमा गै यो क्षेत्रमा अति आबश्यक एउटा ठूलो स्तरको उत्पादन र रोजगार मुखी उद्दोग खोल्न छलफल गर्ने,

३०.प्रत्येक माध्यामिक बिध्यालयहरुमा नेबिसं गठन गराउने,

३१.नगर र प्रत्यक वडा स्तरिय भातृ र शुभेच्छुक संस्थाको कार्यसमिति बिस्तार गर्ने।

३२.पालिका र नगर स्तरिय शिक्षा स्वास्थ्य लगायतका बिभागहरु गठन गर्ने,

३३.गुर्भाकोट नगरपालिकालाई उत्पादन जोनको रुपमा बिकास गर्ने योजना बनाई कार्यान्वयनका लागि सरकारलाई अनुरोध गर्ने,

धन्यवाद, जय नेपाल।
किरण ओली
गुर्भाकोट ४,आपटाकुरा
२०७८ कार्तिक २१ गुर्भाकोट

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।