नेपाली चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरेका महानायक राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक भएको छ। महानायक हमालको स्वरमा मन बूढो भएन बोलको गीत सार्वजनिक भएसँगै अब उनी गायक पनि भएका छन्। 

हमालले गाएको रोमान्टिक गीत ‘मन बूढो भएन’ को भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। उनले स्वर दिएको गीतमा दीपक शर्मा शब्द तथा सङ्गीतमा भरेका छन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमाल स्वयं र  मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन्। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। 

हेर्नुस् भिडियो

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।