सुर्खेत। कर्णाली प्रदेशभरि कार्तिक ३ गते बुधवारका दिन सार्वजनिक बिदा हुने भएको छ। कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

प्रदेशमा बिदा सम्बन्धी निर्णय गर्न गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

कोजाग्रत पूर्णिमाका दिन सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपले बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रोशन बहादुर शाहीले बताएका छन्। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।